छिमेकीको हत्या आरोपमा धनुषाबाट दुई जना पक्राउ


१६ मंसिर २०७९, शुक्रबार
dhanusha hatya bpNMHtG6pd.jpg

धनुषा । धनुषाको मिथिला विहारी नगरपालिका ४ बाट हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मिथिला बिहारी ४ का ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादवलाई पक्राउ गरेको जनाएको छ ।

सोही नगरपालिका ४ रमौलस्थित जग्गाको विषयमा हिजो वादविवाद हुँदा उनीहरूले ५३ वर्षका प्रभु यादवलाई कुटपिट गरी घाइते बनाएका थिए । उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लैजाने क्रममा मृत्यु भएको थियो ।

त्यसक्रममा अन्य तीन जना पनि घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७