‘अर्ली महाधिवेशन’बाट किन पछि हटे कांग्रेस युवा नेता ?


२ बैशाख २०७५, आईतवार
Congress

 

काठमाडौं,बैशाख २: स्थानीय तह हुँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित हार बेहोरेपछि नेतृत्व परिवर्तनसहित विशेष महाधिवेशन माग गर्दै आएका कांग्रेस युवानेताहरु अर्ली महाधिवेशन एजेण्डाबाट पछि हटेका छन् ।congress gut

तीनवटै तहको निर्वाचनमा पार्टी पराजय हुनुको कारण पार्टी सभापति र उनको कर्यक्षमता रहेको बताउँदै आएका युवाहरुको समुह अर्ली महाधिवेशनको नाराबाट पछि हट्ने भएका हुन् ।

सरकारमा रहँदा र सरकार बाहिर रहँदासमेत नेतृत्वबाट पार्टी हितविपरीतका निर्णय लिएका कारण निर्वाचनमा पार्टीले पराजय भोगेको युवा समुहको निस्कर्ष छ ।

तर, सभापति शेरबहादुर देउवाले निर्वाचन समीक्षाका लागि भन्दै गत ९ चैतबाट बैठक डाकेर खुला बहर सुरु गराएपछि महाधिवेशनको मुद्दा एकाएक सेलाउन पुगेको हो ।आजको राजनधानी दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७