धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, नौं जना घाइते


१७ मंसिर २०७९, शनिबार
dhanusha accident 20221203092921

धनुषा । धनुषामा आज (शनिबार) बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नाैं जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटनामा परेको जानकारी दिए ।

Accident

मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साहको परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७