दलहरुको भविष्यप्रति ‘घण्टी बजिसक्यो’ : अध्यक्ष तिमिल्सिना


१७ मंसिर २०७९, शनिबार
Ganesh Timalsina
फाइल फोटो

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गरेका छन् । दलहरुमाथि नै प्रश्न उठ्ने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उनको भनाइ थियो ।

आज (शनिबार) ललितपुरमा आयोजित एक सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन दलहरु नै बलियो हुनुपर्ने उल्लेख गर्दै त्यस काममा लाग्न बौद्धिक समुदायलाई आग्रह गरे ।

तिमिल्सिनाले सचेत समुदायले दलहरुलाई सच्याउन सकेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणको कामले गति लिने स्पष्ट पारे । ‘बहुदलीय परिपाटी, हामीले संघर्ष गरेर यत्रो बलिदानीका साथ ल्याएको यो संघीय लोकतान्त्रिक गणतन्त्रमा बहुदलीयतामाथि नै प्रश्न उठने कुरा किन भईराखेको छ ? अब सोच्ने बेला आएको छ । हरेक दलभित्र सोच्नुपर्ने बेला भएको छ,’ उनले भने ।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुलाई सच्चिन पटक–पटक ध्यानाकर्षण गराए । ‘सानोसानो कुरा पनि किन डेलिभरी भईरहेको छैन ? मैले भन्यो भने पनि बायस हुन्छ । दलहरुलाई अव तिमीहरुको सिंगो दलको भविष्यप्रति पनि घण्टी बजेको भन्नु प¥यो नि ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७