नेकपा एसका अध्यक्ष नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता


१७ मंसिर २०७९, शनिबार
madhav purna

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

भेटमा दुवै नेताले प्रतिनिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई दिएका थिए । भेटमा निर्वाचनको समीक्षा समेत भएको बताइएको छ ।

यसका साथै वर्तमान सत्ता गठवन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठवन्धनमा सहभागी गराउन पहल गर्ने गरी सकारात्मक छलफल भएको उपसभापति खड्काको निजी सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७