दोलखामा माओवादीका कार्कीलाई पछि पार्दै एमालेका शिवाकोटीको अग्रता


१८ मंसिर २०७९, आईतवार
dolakha 20 11

दोलखा । दोलखामा प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्कीलाई पछि पार्दै नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका कार्कीलाई करिब १ हजार ५ सय ३ मतले पछि पार्दै शिवाकोटीले अग्रता बनाएका हुन् । अहिलेसम्मको मतगणनामा एमालेका शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादीका कार्कीले १४ हजार ७१५ मत प्राप्त गरेका छन् ।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेको थियो । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने राजनीतिक दलका १४ र स्वतन्त्र उम्मेदवार सात गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७