माया लुहार हत्याका आरोपी सशस्त्र प्रहरी कोली पक्राउ


१८ मंसिर २०७९, आईतवार
maya sasasra

कञ्चनपुर । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्या आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन् । प्रहरीले उनलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको हो ।

कञ्चनपुर प्रहरीको सहयोग आरोपितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन् ।

पञ्चेश्वर गाउँपालिका–४ की माया र उनकी भदै नेहा मंगलबार बिहान लुगा सिलाउन कुलाउ गएका थिए । त्यसपछि बेपत्ता उनीहरुको खोजी गर्दा अर्को दिन मायाको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । नेहा घाइते अवस्थामा भेटिएकी थिइन् । मंगलबार साँझ हत्या गरिए पनि बुधबार दिउँसो १ बजेपछि मात्र घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७