एमाले नेता गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय


१८ मंसिर २०७९, आईतवार
bom dispose

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वसञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बास्कोटाको घरबाहिर फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

आइतबार बिहान सांसद बास्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो । सेनाले निष्क्रिय पारेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ।

भक्तपुरको लोकन्थलीस्थित सांसद बास्कोटाको घरबाहिर शंकास्पद वस्तु फेला परेपछि बम रहेको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको थियो । एमाले नेता बास्कोटा गत प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७