दोलखामा बालकृष्ण शिवाकोटीको अग्रता कायमै, गंगा कार्की २,०१५ मतले पछाडि

दोलखा । दोलखामा नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ । पछिल्लो मत परिणामअनुसार एमालेका बालकृष्ण शिवाकोटीले १८ हजार १७४ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका नेकपा (माओवादी केन्द्र) का गंगा कार्कीले १६ हजार १५९ मत पाएका छन् । एमालेका शिवाकोटी २,०१५ मतले अगाडि छन् । अब बैतेश्वर, तामाकोशी, मेलुङ, शैलुङ र बिगु गाउँपालिकाको मत गन्न बाँकी छ ।