बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी


१८ मंसिर २०७९, आईतवार
badri pandey

बाजुरा । बाजुराबाट नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन् । पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई ५,४३७ मतान्तरले पछि पार्दै विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गर्दा थापाले २६ हजार ३४९ मत ल्याएका छन् ।

बुथ कब्जा र बुथमा भएको विवादमा दुई जना युवा गुमाउनु परेको विषयलाई लिएर केही दिन रोकिएको मतगणना निर्वाचन आयोगले गणनाका लागि निर्देशन दिए पनि ढिलो गरी शुरु भएको थियो । नेकपा एमालेले १६ र नेपाली काँग्रेसले ८ स्थानमा बुथ कब्जा गरेको आरोप सहित पुन मतदानको मागको उजुरी दिएका थिए ।

नौ वटै पालिकामध्ये गृह पालिका हिमाली, त्रिवेणी, खप्तड छेडेदह र स्वामिकात्र्तिक आपर गाउँपालिकाबाट फराकिलो अन्तरले पाण्डेसहित गठबन्धनका उम्मेदवारलाई मत आएको छ । यो पटक बाजुरामा हेविभेट प्रतिस्पर्धा थिया े।

पाण्डे नेपाली काँग्रेसका सहमहामन्त्री हुन् भने थापा नेकपा एमाले स्थायी कमिटी सदस्य हुन् । पार्टी राजनीतिमा दुवै जना शीर्ष तहका नेता हुन् । यो चुनावलाई रोचक र कडा प्रतिस्पर्धाका रुपमा हेरिएको थियो । गठबन्धनको बलियो सहकार्य र बुथहरुमा बलियो प्रभाव राखेर काँग्रेसका उम्मेदवार पाण्डे विजयी भएका छन् ।

थापाले योसँगै संसदीय चुनावमा तेस्रो हार बेहोरेका छन् । २०५६, २०६४ र २०७९ मा हार बेहोरेका थापाले २०७० को चुनावमा भने जित हात पारेका थिए । थापा पहिलो पटक संसदमा छिर्दा नै मन्त्री हुने अवसर समेत पाएका थिए । पाण्डेलाई पनि बाजुराले मन्त्री भएको हेर्ने पर्खाइ गरेको छ ।

बाजुरामा प्रतिनिधि सभातर्फ ५ जनाले उम्मेदवारी दिएका थिए । जसमा राप्रपाका जंगकुमार गिरीले २०७, जन समाजवादी पार्टी रामबहादुर शाहीले ७३ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन् । यता प्रदेश निर्वाचन क्षेत्र (क) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीलाई २३४१ मत अन्तरले पराजित गर्दै शाही विजयी भएका हुन् ।

शाहीले १०९७३ मत ल्याएर विजयी भएका हुन् । भने बल्देव रेग्मी ८६३२ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका कर्णबहादुर विक केशव १०९८ मत ल्याएका छन् । समाजवादीका केन्द्रीय सदस्य रहेका शाहीले गठबन्धनमा विद्रोह गर्दै उम्मेदवारी दर्ता गराएका थिए ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) मा नेपाली काँग्रेसका पदम बहादुर शाही विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई २५९८ मत अन्तरले पराजित गर्दै शाही विजयी भएका हुन्।

शाहीले २०११९ मत ल्याएर विजयी भएका हुन् । भने थापाले १७५२१ मत ल्याएका छन् । प्रदेश (ख) बाटै स्वतन्त्र उम्मेदवार जनकबहादुर रावलले १५५ र राप्रपाका हिमालबहादुर शाहीले १२२ मत प्राप्त गरेका छन् । बाजुरामा कुल मतदाता ८३५६७ मध्ये प्रतिनिधी सभा तर्फ ६०१५२ मत खसेको थियो । भने प्रदेश (क) मा २०९९४ र प्रदेश (ख) मा ३९१५८ मत खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७