कोलम्बियामा सरकार र विद्रोही समूहबीचको वार्ता सहमति नजिक


१८ मंसिर २०७९, आईतवार
petro2 CGX6MKuwjj 1

बोगोटा । कोलम्बियाको सरकार र इएलएन विद्रोही समूहबीचको शान्ति वार्ता सहमतिको पहिलो बिन्दुमा पुगेको राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन् । वेस्टर्न एन्टिओकिया प्रान्तको भ्रमणका क्रममा राष्ट्रपतिले उक्त जानकारी दिएका हुन् ।

द्वन्द्वका कारण विस्थापित आदिवासी जनजातिलाई प्रदेशमा आफ्नो भूमिमा सुरक्षित फिर्ताको सुनिश्चित गर्न दुवै पक्ष सहमत भएका उनले बताए । कोलम्बियामा विगत ६ दशकदेखि द्वन्द्व भइरहेको छ । वामपन्थी नेसनल लिबरेसन आर्मी (इएलएन) अन्तिम विद्रोही समूह हो, जुन अझै पनि युद्धमा सक्रिय छ ।

गत महिना नेता पेट्रोले नेता चुनाव जितेपछि तीन वर्षको अन्तरालपछि दुई पक्षबी वार्ता भएको थियो । उनी देशको पहिलो वामपन्थी राष्ट्रपति हुन् । एम १९ विद्रोही समूहका पूर्व सदस्यसमेत रहेका पेट्रोले अगस्टमा राष्ट्रपतिको पद सम्हालेका थिए । उनले कोलम्बियामा शान्ति स्थापना गर्ने बाचा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७