सुनको भाउ एक लाख नजिक


१८ मंसिर २०७९, आईतवार
gold

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख नजिक पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार ४ सय रुपैयाँले बढेसँगै प्रतितोला सुनको मूल्य ९९ हजार ५०० पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला सुन ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजारले बढेर ९९ हजार १०० रुपैयाँ पुगेको थियो ।

यस दिन चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला २५ रुपैयाँले बढेर तोलाको १३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७