शेयर बजार २.१६ अंकले वृद्धि, कसको कारोबार कस्तो ?


१८ मंसिर २०७९, आईतवार
share Up.

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार २.१६ अंकले वृद्धि भएको छ । नेप्से परिसूचकमा ०.११ प्रतिशतले वृद्धि भएको हो ।

गत साताको कारोबारको अन्तिम दिन बिहीबार ११.२२ अकले वृद्धि भएको नेप्से आइतबार २.१६ अंकले वृद्धि भई १९६३.२२ बिन्दुमा आएर रोकिएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.३० प्रतिशतले वृद्धि भएको छ । ३६ लाख ९४ हजार ८४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६ करोड १७ लाख बढीको कारोबार भएको छ ।

यस्तै १९९ कम्पनीहरुको कारोबार हुँदा ९७ कम्पनीमा वृद्धि भएको छ । ८९ कम्पनीमा ओरालो लागेको र १३ कम्पनी स्थिर रहेको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था ९.९८ प्रतिशत, ओरियन्टल होटेल्स ६.५७ प्रतिशतले वृद्धि भएको छ । नबिल बैंक १९ करोड ८० लाख बढीको कारोबार भएको र समृद्ध लघुवित्त बित्तीय संस्था ८ करोड ७७ लाख बढीको कारोबार भएको छ ।

आइतबार १३ उप सूचकहरूमा ९ कम्पनीमा उकालो लागेको र अरु सबै उपसूचकहरुमा ओरालो लागेको छ । वृद्धि हुने उपसूचकहरूमध्ये सबैभन्दा धेरै होटेल र पर्यटनमा १.६५ प्रतिशत, जीवन बिमामा करिब २ प्रतिशतले वृद्धि भएको छ र अन्यमा सामान्य वृद्धि भएको छ । साथै ५ उपसूचकहरू ओरालो लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७