दोलखामा माओवादीका कार्की भन्दा एमालेका शिवाकोटी ८५२ मतले अगाडि


१८ मंसिर २०७९, आईतवार
dolakha 20 11

दोलखा । प्रतिनिधि सभाअन्तर्गत दोलखामा जारी मतगणनामा सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । जारी मतगणनामा पछिल्लो मत परिणाम आउँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी ८५२ मतले अघि रहेका छन् ।

नेकपा माओवादी केन्द्रका गंगा कार्की अहिले शिवाकोटीलाई पछ्याइरहेका छन् । यसअघि यहाँ शिवाकोटीलले करिब २ हजार मतको अग्रता बनाएका थिए । तर अहिले त्यो अग्रता ८५२ मा झरेको छ ।

हालसम्म ४७ हजार ४३७ मत गनिसक्दा एमालेका शिवाकोटीले २० हजार ६४५ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कार्कीले १९ हजार ७९३ ल्याएका छन् । ताजा अवस्थामा यी दुईजनाबीचको मतान्तर ८ सय ५२ मा झरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७