नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सुविधा लिने दुई जनाविरुद्ध मुद्दा


१८ मंसिर २०७९, आईतवार
231 Shares
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा दुई जनाविरुद्ध आरोपत्र दायर गरेको छ ।

ओखलढुंगा पूर्वाधार विकास कार्यालयका ल्याब टेक्निसियन राम एकवाल यादव र कैलालीमा उच्चमाध्यमिक विद्यालय संयोजक मधुरा चौधरीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दुवै जनाले सरकारी सेवाको लाभ लिने उद्देश्यले नक्कली प्रमाणपत्र पेश गरेको पुष्टि हुन आएकाले मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसा भण्डारीले जानकारी दिए ।

चौधरीले नक्कली प्रमाणपत्र पेश गरी माध्यमिक तहको स्थायी शिक्षक पदमा नियुक्त भएको र यादव ल्याब टेक्निसियन पदमा करार सेवामा काम गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७