नयाँ सरकारबारे छलफल गर्न सोमबार सत्ता गठबन्धनको बैठक बस्ने


१८ मंसिर २०७९, आईतवार
Gathabandhan

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आए लगत्तै भोलि (सोमबार) सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम आइसकेको छ भने समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा छ ।

चुनावी परिणामको समीक्षा र भावी सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको हो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी गठबन्धन दलको बैठक बोलाएका छन् ।

बैठकमा चुनावको परिणामको समीक्षा र आगामी सरकार निर्माणलगायत विषयमा छलफल हुने नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिएका छन् । कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । चुनावमा लोकतान्त्रिक समाजवादी पार्टीले पनि आंशिकरुपमा गठबन्धन गरेको थियो भने चुनावपछि सरकार निर्माण भने जनमत पार्टी समेत सामेल हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७