इन्डोनेसियामा भयानक विष्फोट, हजारौंको भागाभाग


१९ मंसिर २०७९, सोमबार
Terrible Explosion Semeru 20221205061301

लुमाजाङ । इन्डोनेसियाको माउन्ट सेमेरुमा आइतबार प्राकृतिक ग्यास विष्फोट हुँदा करिब दुई किलोमिटर माथि तातो खरानीले ढाकेको र पहाडको फेदीतर्फ लाभाका नदीहरू बगेको देखिएको छ ।

इन्डोनेसियाली अधिकारीका अनुसार विष्फोटपछि करिब २ हजार व्यक्तिलाई स्थानीय बस्तीबाट सुरक्षित स्थानमा सारिएको छ । ज्वालामुखीका कारण करिब दर्जनौं मानिसको ज्यान गएको ठीक एक वर्षपछि यो विष्लठफोट भएको हो । राजधानी जकार्ताबाट करिब ८ सय किलोमिटर दक्षिणपूर्वमा रहेको जाभा टापुको सबैभन्दा अग्लो पहाडबाट विष्फोट भएपछि यसलाई ज्वालामुखी हुन सक्ने उच्चतम सम्भावना रहेको चेतावनी अधिकारीहरूले दिएका छन् ।

सेमेरु वरपरका गाउँ ज्वालामुखीको खरानी र मनसुनी वर्षाको मिश्रणले तहसनहस भइरहेको एक स्थानीय उद्धार समूहले एएफपीलाई सेयर गरेको भिडियोमा देखिएको छ । ज्वालामुखीबाट ठूलो कालो बादल उठेको र त्यसले आकाशलाई घेरेको र सूर्यको प्रकाश छेकिएको छ ।

स्थानीय एक जना बासिन्दाले आफ्नो गाउँमा खरानीको मात्रा खसिरहँदा आतंकित भएको बताए । ‘अँध्यारो थियो । मैले केही पनि देख्न सकिनँ। पानी र खरानीको वर्षा भइरहेको थियो’, नाम उल्लेख नगर्ने शर्तमा ती व्यक्तिले एएफपीसँग भने, ‘मलाई थाहा थिएन कि कहाँ आश्रय लिने ? म भाग्नुपर्‍यो ।’

इन्डोनेसियाको राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीले ३ हजार ६ सय ७६ मिटर (१२ हजार ६० फिट) अग्लो पहाडको टुप्पोमा लाभाको थुप्रोका कारण आएको ‘तातो हिमस्खलन’ ले बगाएको बताए ।

इन्डोनेसियाको ज्वालामुखी तथा भौगर्भिक प्रकोप न्यूनीकरण केन्द्र (पीभीएमबीजी) का प्रवक्ताले कोम्पास टीभीलाई बताएअनुसार स्थानीय गाउँहरू खतरामा परेका उच्च सतर्कताको सूचना प्रवाह गरिएको छ । यद्यपि, केन्द्रले आसपासका बासिन्दालाई क्रेटरको आठ किलोमिटर (पाँच माइल) भित्र यात्रा नगर्न चेतावनी दिएको छ । आइतबार कुनै हताहत वा घाइते भएको खबर प्राप्त भएको छैन ।

भौगर्भिक निकायका अनुसार खरानीको बादलको आकार घट्दै गए पनि साँझसम्म सेमेरु ‘विष्फोटको चरणमा’ थियो । ‘समग्रमा ज्वालामुखी विष्फोटको सम्भावना अझै पनि धेरै उच्च छ’, उक्त निकायले भनेको छ । एएफपीका एक पत्रकारका अनुसार विस्फोटपछि उक्त क्षेत्रमा इन्टरनेट बन्द भएको थियो । फोनका सिग्नलहरू हराएका थिए ।

बीएनपीबीका अनुसार घटनापछि १ हजार ९ सय ७९ जनालाई ११ वटा आश्रयस्थलमा लगिएको छ । स्थानीय प्रशासनका अधिकारी इन्दाह अम्पेरावती मस्दारका अनुसार तातो बादल हटेपछि मात्र स्थानीय बासिन्दालाई घर फर्कन दिइनेछ ।

स्थानीय बासिन्दालाई तातो खरानी बहेको दिशामा नदी किनारमा १३ किलोमिटर (आठ माइल) दक्षिणपूर्वी क्षेत्रबाट जोगिन पनि भनिएको छ । सबैभन्दा बढी जोखिममा रहेका दुई गाउँका अधिकांश बासिन् दालाई सुरक्षित स्थानमा सारिएको लुमाजाङ विपद् न्यूनीकरण निकायका प्रवक्ता प्याट्रिया द्वि हस्तियाडीले जानकारी दिए । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७