दोलखामा माओवादीका कार्कीको अग्रता, एमालेका शिवाकोटी १६३ मतले पछाडि


१९ मंसिर २०७९, सोमबार
dolakha 20 11

दोलखा । प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये दोलखाको मात्रै अन्तिम नतिजा आउन बाँकी छ । दोलखामा जारी मतगणनामा सत्ता गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । कार्कीले ३३ हजार ३२६ र एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार १६३ मत ल्याएका छन् । उनीहरुबीच १६३ को मतान्तर रहेको छ ।

मत गणनाको दुई दिनसम्म अग्रता लिएका कार्की अस्ती रातिदेखि भने पछि परेका थिए । तर हिजो दिउँसोदेखि फेरि उनले अग्रता लिँदै आएका छन् ।

अहिलेसम्म १६४ निर्वाचन क्षेत्रको मत परिणाम आइसकेको छ । जस अनुसार नेपाली कांग्रेसले ५७ ठाउँमा जितेको छ । यस्तै, एमालेले ४४, माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० ठाउँमा जितेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७÷७ ठाउँमा जितेका छन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक–एक ठाउँमा जितेका छन् । स्वतन्त्र उम्मेदवारहरुले पाँच ठाउँमा जितेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७