रवि लामिछानेको नागरिकता विवाद : प्रहरीद्वारा छानबिन तीब्र


१९ मंसिर २०७९, सोमबार
Rabi Lamichhane 5
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानविन तीब्र पारेको छ । लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि जिल्ला प्रहरी परिसर काठमाडौंले लगेको छ । आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले प्रहरीबाट माग भएपछि लामिछानेले उम्मेदवारी र पार्टी दर्ता गर्दा पेस गरेको नागरिकताको प्रतिलिपि उपलब्ध गराइएको बताए ।

लामिछानेको नागरिकतामा अनुसन्धान गर्न आयोगले गृह र परराष्ट्र मन्त्रालयलाई सिफारिस गरिसकेको छ । जिल्ला प्रशासन कार्यालयले लामिछानेको नागरिकतामा छानविन अघि बढाउन आदेश दिएको थियो । लामिछानेले विदेशी नागरिकता लिएर नेपाली नागरिकता नत्यागेको, विदेशी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको, पुरानै नागरिकताका आधारमा उम्मेदवारी दिएको, विदेशी पासपोर्ट नत्यागी नेपाली पासपोर्ट लिएको उजुरीका आधारमा छानविन भइरहेको छ ।

छानबिनका क्रममा लामिछानेको नागरिकता र राहदानी अवैध ठहरिए पार्टीको वैधता के हुन्छ भन्ने प्रश्न उठेको छ । तर, दलसम्बन्धी ऐनमा पार्टी सभापतिको योग्यतामाथि प्रश्न उठे वा योग्यता नपुगे केन्द्रीय समितिले अर्को व्यक्तिलाई सभापति चुन्न सक्ने व्यवस्था छ । यसो हुँदा दल खारेज हुँदैन । केन्द्रीय समितिबाट अर्को व्यक्ति सभापति बन्न सक्ने निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरु वाग्ले बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७