सुपरमादीको आईपीओ खुल्यो, पुस ५ सम्म भर्न पाइने


२० मंसिर २०७९, मंगलवार
ipo

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्राथमिक शेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले मंगलबार (आज) बाट पुस ५ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको छ ।

कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । यसको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ आयोजना प्रभावितका लागि छुट्याइएको छ । कास्कीको विभिन्न गाउँपालिका तथा नगरका बासिन्दाले शेयर पाउने छन् । यसबाहेक कम्पनीले सर्वसाधारणका लागि २१ लाख कित्ता शेयर जारी गर्नेछ ।

यसको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएकाहरूलाई छुट्याइएको छ ।
कम्पनीको शेयरमा कम्तिमा १० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने छ । कम्पनीले ८ अर्ब ३५ करोड अनुमानित लागतमा परियोजना विकास गरिरहेको छ । यसको प्रति मेगावाट लागत १८ करोड ९७ लाख रुपैयाँ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७