मुद्दा खारेज गरी आफ्ना कार्यकर्ता रिहा गर्न सरकारलाई ‘विप्लव’ को दबाब


२० मंसिर २०७९, मंगलवार
prakanda

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल कारागारबाट रिहा गर्न सरकारलाई दवाव दिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणसँग आज (मंगलबार) भेट गरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आफ्ना नेता कार्यकर्ता रिहा गर्न माग गरेका हुन् । मुलुक नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने बताउँदै आएको छ ।

सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाई गर्ने निर्णय मन्त्रिपरिषद्बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दवाव दिइएको नेकपाका प्रवक्ता प्रकाण्डले बताए । यता, गृहमन्त्री खाँणले पनि सो समस्या समाधान गर्न सरकार इमान्दार र प्रतिबद्ध रहेको बताएका थिए ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीन बुँदे सहमति गर्दै नेकपा शान्ति प्रक्रियामा आएको थियो । तर सो सहमति अझै कार्यान्वयनमा नआएको भन्दै सो पार्टीले असन्तुष्टि जनाउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७