राष्ट्रपतिसँग सञ्चारमन्त्री कार्कीको भेटवार्ता


२० मंसिर २०७९, मंगलवार
Bidhya Bhandari Gyanendra karki

काठमाडौं । नयाँ सरकार गठनको कसरत भइरहेका बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की एकाएक सक्रिय बनेका छन् । सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचन जितेर काठमाडौं फर्किएका सञ्चारमन्त्री कार्कीले नयाँ सरकार देउवाकै नेतृत्वमा गठन गर्ने प्रयास स्वरुप सक्रियता बढाएका छन् ।

सोमबार पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता गरेका कार्कीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका छन् । सत्ता समीकरणका विभिन्न प्रयास भइरहेका बेला उनी मंगलबार बिहान राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् । भेटमा सम्भावित सत्ता समीकरण र समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

भेटमा निर्वाचनको नतिजा र सम्भावित सत्ता समीकरणबारे झण्डै ४५ मिनेट कुराकानी भएको र राष्ट्रपति भण्डारीले यस विषयमा चासो राखेको बताइएको छ । सञ्चारमन्त्री काकीले राष्ट्रपति भण्डारीलाई वर्तमान सत्तारुढ दलको सोमबार बालुवाटरमा बसेको बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको जानकारी गराएका छन् । कार्की प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७