शेयर बजार ५ अंकले घट्यो, ९६ करोडको कारोबार


२० मंसिर २०७९, मंगलवार
share market 1

काठमाडौं । नेप्से परिसूचक आज (मंगलबार) ४.८७ अकले ओरालो लाग्दै १९३३.८८ विन्दुमा आएर रोकिएको छ । साथै सेन्सेटिभ इन्डेक्सम पनि १.५६ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचकमा ०.२५ प्रतिशतले ओरालो लागेको हो । सोमबार पनि शेयर बजार १.२५ प्रतिशतले ओरालो लागेको थियो ।

आज २५ लाख ८१ हजारभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ९६ करोड ५२ लाखभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस्तै, १९९ कम्पनीको कारोबार हुँदा ७८ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । साथै १०९ कम्पनीमा ओरालो लागेको र १२ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्था ८.१७ प्रतिशत र सिटिजन म्युचुअल फण्ड ६.१२ प्रतिशतले वृद्धि भएको छ । सिवम् सिमेन्ट ८ करोड १२ लाखभन्दा बढीको कारोबार भएको र हिमालय डिस्टिलरी पाँच करोड ५० लाखभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार १३ उपसूचकमा तीन कम्पनीमा उकालो लागेको र अरु सबै उपसुचकमा ओरालो लागेको छ । वृद्धि हुने उपसूचकहरूमध्ये सबैभन्दा धेरै अन्य ०.५७ प्रतिशत र माइक्रो फाइनान्स ०.२८ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७