शीतलनिवास पुगेर सीके राउतले भेटे राष्ट्रपति भण्डारी


२० मंसिर २०७९, मंगलवार
ck raut bidhya bhandari yt3ZocaliT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके) शीतलनिवास पुगेका छन् ।
राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपतिलाई भेट्न आफू मंगलबार शीतलनिवास पुगेको जानकारी दिएका छन् ।

राष्ट्रपति भण्डारीसँगको भेटमा समसामयिक राजनीतिक विषय र तिनको निकासका लागि छलफल भएको उनले उल्लेख गरेका छन् । ‘सम्माननीय राष्ट्रपति ज्यूसँग शिष्टाचार भेटघाट तथा देशको समसामयिक राजनीतिक निकासको विषयमा छलफल’, तस्विरसहित उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७