२०७९ मंसिर २१ गते बुधबारको तपाईको राशिफल

सिर शुक्ल चतुर्दशी पञ्चाङ्गः सिद्ध वणिज कृत्तिका , पूर्णिमा व्रत /दत्तात्रेय जयन्ती/अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस


२१ मंसिर २०७९, बुधबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनु पर्नेछ, तर साँझमा आर्थिक लाभ मिल्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन पनि हुन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्च समेत बढ्ने योग पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज भाग्यले विभिन्न अवसर जुराउने छ । घरमा अतिथिको आगमन हुनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ, साँझमा भने चिन्ता बढ्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज समय मध्यम खालको छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन । सोचे जतिका कामहरूमा विघ्नबाधा आउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज शुभारम्भको चर्चा चल्ने छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । भ्रमणको योग पनि छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज नयाँ र शुभकार्यको चर्चा चल्ने छ । पेसा, व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ । रमाइलो यात्राको सम्भावना पनि रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
ठीक समयमा सही निर्णय लिन सकिने छ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । लाभदायक यात्रा पनि हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७