बाराही हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला


२१ मंसिर २०७९, बुधबार
IPO

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आज (बुधबार) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन सुरु गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको कुल ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

निष्कासन गरिएको कुल कित्तामध्ये ५ प्रतिशत अर्थात २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ । २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ५ लाख १५ हजार २२० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् । उक्त आईपीओमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । उक्त अवधिमा मागअनुसार आवेदन नपरे पुस ६ गतेसम्म आवेदन दिन समय थप गरिने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७