प्रदेश–५ मा मुख्यमन्त्री पोखरेलले शुरु गरे ‘मेरो पनि वर्ष २०७५’ अभियान


२ बैशाख २०७५, आईतवार
sankar pokhrel

रुपन्देही, २ बैसाख : प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले नयाँ वर्षको अवसरमा स्वास्थ्य क्षेत्रमा सबैको पहुँच बढाउने उद्देश्यले ‘मेरो पनि वर्ष २०७५’ अभियान थालेका छन् । sankar pokhrel

सरकारले जिल्लाका सबै सरकारी अस्पताललाई सबैको पहुँचको अस्पताल बनाउने गरी ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार, जनजनमा स्वास्थ्य पहुँच हाम्रो अभियान’ शुरु गरेका हुन । शनिबारदेखि देशका सबै प्रदेशमा यो अभियान शुरु भएको उनले जनाएका छन् । अभियानको थालनी गर्दै मुख्यमन्त्री पोखरेलले सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई जिम्मेवार र जवाफदेही बनाउने पर्ने बताए ।

उनले स्वास्थ्यकर्मीकै कारण सरकारी अस्पतालमा विश्वास घट्दै गएको बताएका छन् । ‘सरकार अस्पताल र स्वास्थ्य संस्था दुब्लाउने तर निजी अस्पताल र स्वास्थ्य संस्था फस्टाउँदै जाने गरेको अवस्थाको अन्त्य गर्नु जरुरी छ,’ उनले भने, ‘सरकारी अस्पतालमा भएका सबै साधन स्रोत र जनशक्तिको अधिकतम उपयोग हुनुपर्छ ।’ साधन उपयोग भएमात्र जनतामा सेवा सहज हुने उनले बताए । उनले कुनै पनि बहानामा सरकारी उपकरण प्रयोगविहीन भएर बस्न नहुने बताए । मुख्यमन्त्रीकै कार्यालयको संयोजनमा लुम्बिनी अञ्चल अस्पतालबाट शुरु भएको यो सेवा सबै सरकारी अस्पताल र स्वास्थ्य संस्थासम्म पुग्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७