कस्तो रहला आजको मौसम ?


२१ मंसिर २०७९, बुधबार
climate 1

काठमाडौं । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएको मौसमविदले जनाएका छन् । उल्लेख्य मौसमी प्रणाली नभएका कारण आज (बुधबार) पजि हिमपात र वर्षाको सम्भावना नभएको मौसमविदले जानकारी दिएका छन् ।
आज बिहान देशको पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । तराईका भू–भागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७