जिल्ला अस्पतालमै छैन जीवनजल


२१ मंसिर २०७९, बुधबार
mugu

मुगु । सदरमुकामको मुगु जिल्ला अस्पतालमा जीवन जलकै अभाव छ जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् ।

सरकारले निशुल्क वितरण गर्दै आएको जीवनजल अहिले मुगु अस्पताल अभाव छ । मुगु अस्पतालमा जीवनजल समेत पाइन छाडेको बिरामीले गुनासो गरेका छन् । औषधि नभएकोले झाडापखाला लागेर जिल्ला अस्पतालमा पुग्ने हो भने पनि बिरामीले जीवनजल पनि नपाउने अवस्था छ ।

झाडापखालाका बिरामी उपचार गर्न अस्पताल आउँदा जीवनजल नपाउने गरेको बताउँछन । अस्पतालमा जीवनजलको अभाव हुँदा जीवनजलको लागि सरकारी अस्पतालले नजिकको औषधि पसलमा किन्न पठाउँछन् । झाडापखालामा मृत्युबाट जोगाउने अचुक औषधिको रुपमा मानिने जीवनजल जिल्लाकै एक मात्र सरकारी अस्पतालमै अभाव हुँदा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । जिल्ला अस्पताल मुगुमा जीवनजलको अभाव एक महिनादेखि रहेको नाम नबताउने सर्तमा अस्पतालमा कार्यरत एक कर्मचारीले बताए ।

‘हामी बिहानैदेखि बिरामीहरुलाई सेवा प्रदान गरिरहेका छौँ, तर उनीहरूलाई निःशुल्क रुपमा दिनुपर्ने औषधि दिन सकेका छैनौँ’, अस्पतालमा कार्यरत एक कर्मचारीले भने । कर्मचारीका अनुसार एक महिनादेखि अस्पतालमा जीवनजल अभाव भएको छ ।

किन्छु भन्दा समेत बिरामीहरुले पाएको छैन । ‘जिल्ला अस्पतालमा जीवनजल एक महिनादेखि अभाव छ भन्छन, के हो ? ’ भन्ने प्रश्नमा स्वास्थ्य सेवा कार्यालय मुगुका सूचना अधिकारी पर्शुराम नेपालीले जीवनजल अभाव भएको एक महिनादेखि नभई दुई–तीनदेखि भएको बताए ।

जिल्ला अस्पताल मुगुमा जीवनजल मात्रै होइन, नेपाल सरकारले निःशुल्क वितरण गर्दै आएको केही औषधिहरु समेत अभाव छ । राज्यबाट ७२ प्रकारभन्दा बढी औषधि निःशुल्क रुपमा उपलब्ध गराउन भनिए पनि मुगुमा ५० देखि ६० प्रकारका मात्रै औषध पाउने गरेका स्वस्थ्य सेवा कार्यालय मुगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७