मंसिर १ देखि बुद्ध एयरको ठूलो जहाजको काठमाडौं–सुर्खेत उडान, कति छ भाडा ?


२१ मंसिर २०७९, बुधबार
buddha air
फाइल फोटो

काठमाडौं । बुद्ध एयरले १६ डिसेम्बर ०२२ (१ मंसिर) देखि काठमाडौं–सुर्खेत उडान एटीआर ७२ जहाजबाट गर्ने भएको छ । अहिले बुद्ध एयरले यस गन्तव्यमा एटिआर ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको छ । यात्रुको माग र सुविधालाई ध्यानमा दिएर एटिआर ७२ जहाजबाट उडान भर्न लागेको कम्पनीले जनाएको छ । यस जहाजको उडानबाट यात्रुहरू अधिक लाभान्वित हुने बुद्ध एयरको भनाइ छ ।

हाल सञ्चालनमा रहेको एटिआर ४२ उडान बाट यात्रुहरूको माग अनुरुप सिट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसात गर्दै एटिआर ७२ मार्फत उडान सञ्चालन गर्न लागेको छ । सानो जहाजको सञ्चालन खर्च उच्च हुने हुँदा भाडादरमा यसको प्रत्यक्ष प्रभाव पारेको छ । एटीआर ७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुले पाउने छन् ।

यस गन्तव्यमा न्यूनतम भाडादर ७,००० बाट सुरु हुने र मागअनुसार दैनिक २ उडान पनि बुद्ध एयरले भर्नेछ । यसबाट त्यहाँका स्थानीय यात्रुहरु थप लाभान्वित हुने बुद्ध एयरले जनाएको छ । डिसेम्बर १६, २०२२ देखि अब दैनिक बिहान १०ः०० बजे काठमाडौँबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौँको तालिका बुद्ध एयरले जारी गरेको छ ।

bu

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७