सर्वोच्च परिसरमा वकिलहरुलाई जुत्ता हानियो, तारा बराल पक्राउ


२१ मंसिर २०७९, बुधबार
Tara Baral

काठमाडौं । सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष र सर्वोच्च अदालत अगाडि अवरोध सिर्जना गरेको भन्दै सामाजिक अभियन्ता तारा बरालले नाराबाजी गरेपछि कानुन व्यवसायी र बरालबीच तनावको अवस्था सिर्जना भएको थियो ।

सर्वोच्च फर्कन लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई रोक्न धर्ना बसेका अधिवक्ताहरूमाथि उनले जुत्ता प्रहार गरेकी छन् । जुत्ता प्रहार गर्ने तारा बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ। जबराको पक्षमा नारा लगाउँदै उनले अधिवक्ताहरूमाथि जुत्ता प्रहार गरेकी हुन् । सो क्रममा प्रहरीले बराललाई नियन्त्रणमा लिएको हो ।

प्रधानन्यायाधीश जबरा सर्वोच्चमा फर्किने सूचना पाएपछि कानुन व्यवसायीहरुले सर्वोच्च अगाडि धर्ना शुरु गरेका छन् । संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार जबरालाई महाभियोग निष्क्रिय पत्र उपलब्ध गराएका छन् । निलम्बन फुकुवाको पत्र पाएपछि जबरा सर्वोच्च फर्किने तयारीमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७