माइतीघरमा जलाइयो मोदीको तस्वीर {फोटो फिचर}


२१ मंसिर २०७९, बुधबार
Birodh akhil mahakali 5

काठमाडौ । भारतले गरेको महाकाली नदीमा हस्तक्षेपको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ । अखिल क्रान्तिकारीले बुधबार भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो । साथै माइतीघरमा अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर समेत जलाएका छन् ।

कालो ब्यानरसहित भारतविरुद्ध लेखिएका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । भारतविरुद्ध चर्का नाराबाजीमा उत्रिएका प्रदर्शनकारीहरुले नेपाली नागरिकमाथि अन्याय हुँदा पनि सरकार टुलुटुलु हेरेर बसेको भन्दै आलोचना गरेका छन् ।

भारतले उत्तारखण्डतर्फ तटबन्ध बनाउँदै महाकाली नदी नेपालतिर धकेलिरहेको छ । त्यसको विरोधमा उत्रिएका नेपालीमाथि त्यहाँ भारतीयहरुले आक्रमण गरिरहेका छन् ।

Birodh akhil mahakali 1
Birodh akhil mahakali 2
Birodh akhil mahakali 3
Birodh akhil mahakali 4
Birodh akhil mahakali 5
Birodh akhil mahakali 6
Birodh akhil mahakali 7
Birodh akhil mahakali 8
Birodh akhil mahakali 9
Birodh akhil mahakali 10

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७