सर्वोच्चले संघीय संसदका महासचिवलाई पठायो सात प्रश्नसहितको पत्र


२१ मंसिर २०७९, बुधबार
Samsad Mahasachiv

काठमाडौं । निलम्बित प्रधानन्यायाधीशमाथि लागेको महाअभियोग निष्प्रभावी भएको भन्दै पत्र लेख्ने संसद सचिवालयलाई सर्वोच्च अदालतले कसरी निष्प्रभावी भयो भन्ने आधारसहित तत्काल जवाफ दिन पत्र पठाएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जबराको महाभियोग निष्प्रभाव भएको पत्र दिएपछि त्यसको जवाफ माग गरेका छन् । सर्वोच्च अदालत प्रशासनका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीले महासचिव गौतमलाई कुन कानून संविधानको आधारमा महाभियोग निष्प्रभावी भएको भन्दै प्रश्न गरेका हुन् ।

सर्वोच्चका सहरजिष्टार नारायणप्रसाद शर्माद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘प्रतिनिधि सभामा मिति २०७८ फाल्गुन १ मा दर्ता भएको महाभियोग प्रस्तावका सम्बन्धमा महाभियोग सिफारिस समितिबाट प्रतिनिधि सभामा पेस भएको भनिएको प्रतिवेदनउपरको कारवाहीको निरन्तरता अहिले कायम छ वा छैन ? नयाँ प्रतिनिधि सभामा सो प्रस्ताव पेस हुने वा नहुने के हो ? उक्त महाभियोग प्रस्ताव तत्कालिन प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको मितिले निष्प्रभावी भएको भनिएको हो ? वा निर्वाचन भएको मितिले निष्प्रभावी भएको हो ? अथवा महाभियोग लागेका सम्माननीय प्रधान न्यायाधीशले निवेदन दिनुभएको मितिले निष्प्रभावी भएको भनिएको हो ? नवनिर्वाचित प्रतिनिधि सभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानूनी व्यवस्थाको आधारमा महासचिवले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी उल्लेख गर्नुभएको हो ? सो कुराको जानकारी तत्काल उपलब्ध गराई दिनुहुन अदालतको पूर्ण बैठकको निर्णयानुसार अनुरोध गर्दछु ।
यी हुन् सर्वोच्चले सोधेका चार प्रश्न :
पहिलो प्रश्न – २०७८ फागुन १ मा दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा महाअभियोग सिफारिस समितिबाट प्रतिनिधिसभामा पेश भएको भनिएको प्रतिवेदन उपरको कारबाहीको निरन्तरता अहिले कायम छ वा छैन ?

दोस्रो प्रश्न– नयाँ प्रतिनिधिसभामा सो प्रस्ताव पेश हुन्छ वा हुन्न ?
तेस्रो प्रश्न– महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधिसभाको कार्यकाल सम्माप्त भएको मितिले निष्प्रभावी भएको हो ? वा निर्वाचनको मितिले ?
चौंथौं प्रश्न– नवनिर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाअभियोग निष्प्रभावी भएको भनि उल्लेख गर्नु भएको हो ?

पाँचौं प्रश्न–अथवा, महाभियोग लागेका सम्माननीय प्रधानन्यायाधीशले निवेदन दिनु भएको मितिले निष्प्रभावी भएको भनिएको हो ?
छैटौं प्रश्न – महाभियोग लागेका सम्माननीय प्रधानन्यायाधीशले निवेदन दिनु भएको मितिले निष्प्रभावी भएको भनिएको हो ?
सातौं प्रश्न– नव निर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी उल्लेख गर्नु भएको हो ?

le

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७