वकिलहरु र सरकारको अवरोधपछि सर्वोच्चमा हाजिर भएनन् जबरा


२१ मंसिर २०७९, बुधबार
cholendra
फाइल फोटो

काठमाडौं । सरकार र वकिलहरुको अवरोधपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज (बुधबार) सर्वोच्च अदालत हाजिर भएनन् । संसद सचिवालयले संसदमा दर्ता महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि जबरा आज सर्वोच्च फर्किने तयारीमा थिए ।

बारका पदाधिकारी जबरालाई रोक्न सर्वोच्चको गेटमा धर्ना बसेका थिए । संसद सचिवालयले महाअभियोग निष्प्रभावी भइसकेको पत्र दिए पनि सरकारले जबरालाई सर्वोच्च छिर्न नदिन निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई जबरा बालुवाटारबाट आएर सर्वोच्चमा छिर्न खोजे रोक्न निर्देशन दिएको थियो ।

सरकारको निर्देशन र वकिलहरुको पनि अवरोधका कारण आज जबरा सर्वोच्च फर्किन सकेनन् । उनले दिउँसो ३ बजे आफू सर्वोच्चमा हाजिर हुने बताएसँगै सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

भोलि (बिहीबार) सार्वजनिक बिदा भएकाले आजै सर्वोच्च पुगेर हाजिर गर्ने तयारी जबराले गरे पनि कार्यालय समयसम्म उनी सर्वोच्च पुगेनन् । यसअघि गत असोजमा संसदको पाँच वर्षे कार्यकाल सकिँदा पनि चोलेन्द्रले सर्वोच्च फर्किने प्रयास गरेका थिए । तर उनलाई बालुवाटारस्थित निवासमै सुरक्षाकर्मी परिचालन गरेर रोकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७