संसदका महासचिवविरुद्ध सर्वोच्चमा रिट, शुक्रबारका लागि तोकियो पेसी


२१ मंसिर २०७९, बुधबार
Sarbochha 4

काठमाडौं । संघीय संसद् सचिवालयको महासचिवको पत्र खारेजी गर्न माग गर्दै सर्वोच्चमा परेको रिटमा शुक्रबारका लागि पेसी तोकिएको छ । महाअभियोग सामना गरिरहेका चोलेन्द्र शमशेर जबरालाई ‘क्लिन चिट’ दिँदै सर्वोच्च अदालतमा पत्र पठाएपछि संसदका महासचिव भरतराज गौतमविरुद्ध रिट परेको छ । सर्वोच्च बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित नौं जनाले दर्ता गरेको रिटमा सर्वोच्चले शुक्रबारका लागि पेसी तोकेको हो ।

रिटमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश जबरामाथिको महाभियोग निष्क्रिय भएको भन्दै लेखेको पत्रको कानुनी आधार नभएको दाबी गरिएको छ । उनको निर्णय गर्ने कानुनी हैसियत पनि नभएको भन्दै पत्र खारेजी माग रिट निवेदनमा गरिएको छ ।

सर्वोच्च बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित नौं जनाले पदाधिकारीले व्यक्तिग तरूपमा रिट दायर गरेका हुन् । महासचिवले निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी हुने गरी सम्प्रेषण गरेको पत्र क्षेत्रधिाकार बाहिर रहेको, सार्वभौम संसदको क्षेत्राधिकारमा अनुचित संकुचन ल्याउने खालको भएको निवेदकको दाबी छ ।

यसले नयाँ प्रतिनिधि सभाको निरपेक्ष अधिकारलाई निस्तेज गर्ने र नेपालको संविधानको प्रस्तावना धारा १ (१), धारा २, धारा १०१ (२) धारा १२६, धारा १२८, १३७ को बर्खिलापमा रहेकाले पत्रलाई नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन् । निलम्बित प्रधानन्यायाधीशले नियमित काममा फर्किएको अवस्थामा प्रतिनिधिसभाको क्षेत्राधिकारमा अनुचित बन्देज तथा हस्तक्षेप हुने र यो गैरकानुनी रहेकाले पत्र कार्यन्वयन नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७