महाकाली नदीको बहाव भारतले पुरानै अवस्थामा फर्काउने सहमति


२१ मंसिर २०७९, बुधबार
nepal india border coordination meeting e2sEasFSO5

दार्चुला । नेपाल–भारत सीमा समन्वय बैठक भारतको धारचुलामा सम्पन्न भएको छ । भारतले महाकाली नदीमा बनाइरहेको पक्की तटबन्धबारे विवाद भएपछि दुई देशका सुरक्षा अधिकारीहरूबीच आज (बुधबार) समन्वयात्मक बैठक बसेको हो ।

बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिएका छन् । भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाधेको थियो । आजको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति गरेको उनले जानकारी दिए । यस्तै भारतले निर्माण गरिरहेको तटबन्धबारे दुवै देशका इन्जिनियरहरूले अनुगमन गर्ने भएका छन् ।

बैठकमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी उपाध्याय, सुरक्षा निकायका प्रमुख, महाकाली नदी नियन्त्रण आयोजनाका प्रतिनिधि करनसिंह धामी र भारतका तर्फबाट पिथौरागढ जिल्लाका प्रमुख रीना जोशी, तहशिल धारचुलाका उपजिल्ला अधिकारी दिवेश शासनीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७