समानुपातिकबाट ७६ महिला सांसद सुनिश्चित, कुन दलबाट कति ?


२२ मंसिर २०७९, बिहीबार
Parliment house samsad bhawans

काठमाडौँ । समानुपातिकतर्फ ७६ महिला सांसदले संसदमा प्रवेश पाउने निश्चित भएको छ । प्रत्यक्षतर्फ कम महिला निर्वाचित भएपछि निर्वाचन आयोगले कानुनी व्यवस्थाअनुसार सङ्घीय संसदमा महिलाहरुको एक तिहाइ प्रतिनिधित्व सुनिश्चित गर्नका लागि ७६ महिला पठाउनु पर्ने जनाएको छ ।

११० सदस्य समानुपातिकमा ३४ स्थान हासिल गरेको नेकपा एमालेले कम्तीमा १९ जना महिला निर्वाचित गर्नुपर्नेछ । त्यस्तै नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५, जनता समाजवादी पार्टीले ४ र जनमत पार्टीले २ महिलालाई समानुपातिकतर्फ प्रतिनिधित्व गराउनु पर्छ ।

निर्वाचन आयोगका अनुसार १० प्रतिशतभन्दा बढी सिट प्राप्त गर्ने चार दलले ३३ प्रतिशत महिला सुनिश्चित हुने गरी अधिकतम् बन्दसूचीबाट नाम पठाउनु पर्नेछ । यस्तै, एमालेले ३४ सांसदमध्ये आदिवासी जनजातितर्फ १०, खसआर्यमा ११, थारुमा २, दलित ५, मधेसी ५, मुस्लिममा १ र पछिडिएको क्षेत्रमा १ जना प्रतिनिधित्व गराउनु पर्नेछ ।

कांग्रेसले प्राप्त गरेको ३२ जनामध्ये आदिवासी जनजातिको ९, खसआर्यमा १०, थारु २, दलित ५, मधेसी ५, मुस्लिम १ र पिछडिएको क्षेत्रमा १ जना रहेको छ । यस्तै, १४ सिट पाएको माओवादीले आदिवासी जनजातिबाट चार, खस आर्यबाट चार, थारुबाट एक, दलितबाट दुई, मधेसीबाट दुई तथा मुस्लिम र पिछडिएको वर्गबाट एक÷एक जनाको प्रतिनिधित्व गराउनु पर्नेछ । १० प्रतिशतभन्दा कम सिट प्राप्त गर्ने दलले भने यथासम्भव क्लस्टर मिलाउनु पर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७