गुगलमा के सर्च गर्दै हुनुहुन्छ ? यी ५ कुरा नखोज्नुस् पुर्‍याउँला जेल


२ बैशाख २०७५, आईतवार
google

काठमाडौं, २ बैसाख : गुगल संसारकै सबैभन्दा ठूलो सर्च इन्जिन हो । गुगलकै सहायताले तपाई हामी जस्तोसुकै कुराहरूको पनि खोजी गर्न सक्छौ या आफूले चाहेको बस्तुहरू सजिलै खोजी गरी वा हेर्न सक्छौ । तर, गुगलमा यस्ता कुराहरू पनि छन जुन तपाई हामीले सर्च गर्‍यौ भने अफ्ठेरोमा पर्न सक्छौ । हामी यस्ता ५ कुराको बिषयमा जानकारी गराउदैछौ जुन गुगलमा खोज्दा आफै अफ्ठेरोमा पर्न सकिन्छ ।googleके हुन त ती ५ कुरा ?
१) अपराधिक गतिविधिबारे जानकारी लिंदा सावधानी अपनाऔ : गुगलमा अपराधिक घटनाहरूको बिषयमा सर्च गर्दा बिशेष ध्यान दिनुपर्छ । नकारात्मक सन्देश दिने खालका र उत्तेजक क्रियाकलाप जस्ता सन्देश गुगलमा खोजी गर्दा कानुनत कार्वाहीमा पर्न सकिन्छ । साइबर क्राइमको सवालमा प्रहरी सचेत अवस्थामा रहेको हुन्छ त्यतिबेला प्रहरीको ध्यान साइबर क्राइम गर्ने ब्यक्तितिरै केन्द्रीत हुन्छ । त्यसैले अपराधिक गतिविधिसम्बन्धी गुगलमा सर्च गर्दा झुक्किएर पनि गलत सन्देश जाने खाल्का कुराहरू सर्झ नगर्नुस् ।

२) आफ्नो ब्यक्तिगत बिवरण नखोज्नुस् : गुगल सर्चमा हर सुविधा उपलब्ध हुन्छ हामीले चाहेको कुराहरू सजिलै खोजी गरी त्यसको बिषयमा बिविध ज्ञान लिन सक्छौ । तर, गुगलमा आफ्नै बायोडाटाबारे सर्च नगर्नुस् किनकी गुगलसँग तपाईको सम्पुर्ण बिवरण हुन्छ । यदि त्यो बिवरण तपाईले हेर्दा कारणवस लिक हुन सक्छ र कसैले तपाईको नाममा रहेको आइडीको दुरूपयोग गरी तपाईलाई जेलको हावा खुवाउन सक्छ । त्यसैले यो कुरामा पनि सावधानी अपनाउनु पर्छ ।

३) मेडिकलसम्बन्धी सर्च नगर्नुस् : जब तपाई हामी कुनै मेडिसिनसम्बन्धी गुगलमा सर्च गर्छाै तब तब गुगलले त्यो बिवरण थर्ट पार्टीमा ट्रान्सलेट गरि सम्पूर्ण बिवरण सजिलै लिक गरिदिन्छ र तपाईको कुनै आइडीमा त्यसबारे बिज्ञापन दिन थाल्छ । हामी कुनै रोग र त्यसबाट बच्ने उपाय खोज्न गुगलमा सर्च गर्छाै गुगलले सजिलै आइडिया र टिप्सहरू उपलब्ध गराई दिन्छ तर, त्यो बिवरण थर्ट पार्टीलाई पनि अटोमेटिक ट्रान्सलेट गरिदिन्छ । त्यसो गर्दा विवरणको दुरूपयोग हुन सक्छ ।

४) असुरक्षासम्बन्धी केही कुरा सर्च नगरौ : गुगलमा असुरक्षासम्बन्धी कुनै कुरा टाइप गरी सर्च गरिएमा त्यस्को बिषयमा बिज्ञापनहरू तपाईको आइडीमा आउँछ । जुन बिज्ञापन तथा मेसेजले तपाईलाई इन्टरनेटमा कसैले फलो गरिरहेको छ भन्ने कुरा बुझाउँछ । जसले तपाईलाई जीवनभरी सताउन सक्छ त्यसैले यस्तो बिज्ञापनबाट बच्न सधै यस्ता कुराको खोजी नगर्नुस् ।

५) इमेल आइडी सर्च नगर्नुस् : गुगलमा कहिले पनि आफ्नो ब्यक्तिगत इमेल आइडी सर्च नगर्नुस त्यसो गर्दा तपाईको एकाउन्ट ह्याक हुन जाने सम्भावना बढी हुन्छ । तपाईको बिवरण लिक हुन सक्छ । जसको कारण तपाईलाई तनाव हुन सक्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७