भारतमा चट्याङ लागेर ९०७ जनाको मृत्यु


२२ मंसिर २०७९, बिहीबार
death
सांकेतिक तस्वीर

नयाँदिल्ली । भारतले यस वर्ष गर्मीको लहर र चट्याङ जस्ता चरम मौसमी घटनाहरूमा ठूलो उछाल देखेको छ । चरम मौसमी घटनामा भएका मृत्यु तीन वर्षयताकै उच्च बिन्दुमा पुगेको सरकारी तथ्यांकले देखाएको छ । बढ्दो मृत्युमा वैज्ञानिकहरूले जलवायु परिवर्तनलाई दोष दिएका छन् ।

चट्याङका कारण भारतमा यो वर्ष ९०७ जनाको मृत्यु भएको छ । यस वर्ष गत महिनासम्म गर्मीको लहर र चट्याङ जस्ता घटनाका कारण २ हजार १८३ जनाको मृत्यु भएको छ । यो संख्या सन् २०१९ (३,०१७ जनाको मृत्यु ) पछिको उच्च हो । भारतमा यो वर्ष भएका मृत्यु मध्ये ७८ प्रतिशत मृत्युमा चट्याङ, बाढी र भारी वर्षा जिम्मेवार रहेको तथ्यांकले देखाएको छ ।

भारतको मनसुन सिजनको तापक्रम यस शताब्दीमा बढेको र देशले भविष्यमा लगातार गर्मीको लहरहरू देख्न सक्ने सरकारले अगस्टमा जानकारी दिएको थियो । भारत विश्वको तेस्रो ठूलो कार्बन प्रदूषक हो, यद्यपि यसको प्रतिव्यक्ति उत्सर्जन अन्य विकशित देशहरूको तुलनामा धेरै कम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७