काठमाडौं ओपनमा रबिलाई उछिन्दै भुवन शीर्षस्थानमा


२२ मंसिर २०७९, बिहीबार
ravi scaled

काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन भुवन नगरकोटी शीर्षस्थानमा उक्लिएका छन्। १अन्डर ६७ को स्कोरमा समग्रमा १०(अन्डर १ सय ९४ सहित शीर्षस्थानमा उक्लन सफल भएका हुन्।

दुई दिनका लिडर रबि खड्काले बिर्सनलायक प्रदर्शन गर्दा भुवनको उपाधि होड निकै मजबुत बनेको छ। भुवनले रबि र शुक्र बहादुर राईलाई अन्तिम १८ होलको खेल बाकी छदा नौ स्ट्रोकले पछि पारेका छन्।

शुक्रले १९अन्डर ६७ मा तेस्रो दिनको खेल सकाए। रबिले ९९ओभर ७७ को खराब प्रदर्शन गरे। दुवैजना समग्रमा १९अन्डर २ सय ३ को नतिजामा संयुक्तरुपमा दोस्रो स्थानमा छन्। धन बहादुर थापा, दिनेश प्रजापति र कृष्णमान राजबाहक समग्रमा १९ओभर २ सय ५ का साथ संयुक्तरुपमा चौथो स्थानमा रहेका छन्।

धनले ३९अन्डर ६५, दिनेशले २९अन्डर ६६ र कृष्णमानले इभन९पार ६८ मा खेल सकाए। ३९ओभर ७१ को नतिजा सहित प्रदीप कुमार लामा समग्रमा ३९ओभर २ सय ७ सहित सातौ स्थानमा छन्। रमेश अधिकारी र सुर्य प्रसाद शर्माले समग्रमा ४९ओभर २ सय ८ को नतिजामा संयुक्तरुपमा आठौ स्थान बाडे।

३६ होलको समाप्तीमा भुवन मात्र एक स्ट्रोकले पछि थिए।‌ तर तेस्रो दिन १९अन्डर ६७ को स्कोर बनाउदा उनले नौ स्ट्रोकलो अग्रता बनाए। दोस्रो होलमा बोगी खेपे पनि चौथो र आठौ होलको बर्डीले फ्रन्ट नाइन १९अन्डर ३३ मा सकाए। यसपछि १२ औ, १३ औ र १७ औ होलमा एक(एक सट बचाउदा १० औ, १५ औ र १८ औ होलको बोगीले ब्याक नाइन इभन९पार ३४ मा सकाए।

भुवनले नौ स्ट्रोकको अग्रता बनाउनुको प्रमुख कारण रविको खराब प्रदर्शन नै हो। उनले ९९ओभर ७७ को अत्यन्त खराब खेल खेले। दोस्रो, चौथो, छैटौ र नवौ होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन ४९ओभर ३८ मा पुरा गरे। यसपछि पनि सम्हालिन सकेनन्। १० औ र १८ औ होलमा डबल बोगीको सामना मात्र गरेनन ११ औ र १६ औ होलमा एक९एक सट खेर फाले। १३ औ होलमा एक सट बचाए पनि ब्याक नाइन ५९ओभर ३९ मा सकाए।

शुक्र बहादुर राईले १९अन्डर ६७ को नतिजामा दोस्रो स्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २९अन्डर ३२ मा पुरा गरे। उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गरे। ब्याक नाइनको सुरूवातमा नै डबल बोगी प्रहार गरे। १३ औ होलको बर्डीले १९ओभर ३५ मा ब्याक नाइनको खेल सकाए।

एमेच्योरतर्फ समग्रमा ११९ओभर २ सय १५ को नतिजामा अजित बिके शीर्षस्थानमा छन्। आज उनले ५९ओभर ७३ मा खेल सकाए। समग्रमा २ सय ३३ अंक जोडेका प्रज्वल गुरुङ दोस्रो स्थानमा छन्।

कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन्। उपबिजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७