ह्यारी र मेघनले पाए ‘रिपल अफ होप’ अर्वाड


२२ मंसिर २०७९, बिहीबार
harry

न्युयोर्क । प्रिन्स ह्यारी र मेघनले रोबर्ट एफ केनेडी ह्युमन राइट्स (आरएफकेएचआर) संस्थाबाट रिपल अफ होप पुरस्कार प्राप्त गरेका छन् । ‘हामीलाई थाहा छ आशाको लहर परिवर्तनको लहरमा परिणत हुन सक्छ’, न्युयोर्कमा आयोजित एक समारोहमा जातीय न्याय र मानसिक स्वास्थ्य कार्यको लागि पुरस्कार प्राप्त गरेपछि ड्युक र डचेस अफ ससेक्सले भने ।

समारोहमा ह्यारी र मर्के दुबैले उनीहरूको ‘डरमा साहस र घृणामा प्रेमको विश्वास’ बारे पनि कुरा गरे । अभिनेता एलेक बाल्डविनले समारोहको आयोजना गरेका थिए ।

आरएफकेएचआर एउटा मानव अधिकार वकालत गर्ने संस्था हो जसले सामूहिक कारावास, जातीय न्याय र लिङ्गमा आधारित हिंसा जस्ता मुद्दाहरूमा केन्द्रित छ । यसले सामाजिक परिवर्तनको लागि अटल प्रतिबद्धता र समानता, न्याय र मानव अधिकारको संरक्षण र प्रबद्र्धन गर्नेलाई सम्मान गर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७