चीनमा ४१ करोड ५० लाख सवारी साधन र ५० करोड चालक


२२ मंसिर २०७९, बिहीबार
china

बेइजिङ । चीनमा सन् २०२२ को नोभेम्बरको अन्त्यसम्ममा करिब ४१ करोड ५० लाख सवारी साधन र ५० करोडभन्दा बढी सवारी चालक सूचीकृत भएका छन् । सवारी साधन र चालक दुवैको संख्या विश्वैमा पहिलो स्थानमा रहेको सार्वजनिक सुरक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

पछिल्ला वर्षहरूमा चीनको अटोमोबाइल स्वामित्व वार्षिक रूपमा दुई करोडभन्दा बढीले बढेर नोभेम्बरको अन्त्यमा कुल संख्या ३.१८ करोड पुगेको एमपीएसले बताएको छ ।

सन् २०१४ देखि चिनियाँ लाइसेन्स प्राप्त चालकहरूले औसत वार्षिक दुई करोड ५० लाखको संख्यामा बढ्दो छ । हाल दुई चिनियाँ वयस्क मध्ये एकसँग ड्राइभिङ लाइसेन्स छ । त्यसैगरी २५ वर्ष मुनिका चालकहरूको संख्या पाँच करोडभन्दा बढी छ जुन कुल जनसंख्याको १०.९ प्रतिशत हो । चीनको ग्रामीण भेगमा हालैका वर्षहरूमा लाइसेन्स प्राप्त चालकहरूको संख्या तीव्र गतिमा बढेको छ । वार्षिक रूपमा एक करोड ३० लाखभन्दा बढीको वृद्धि भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७