गायक ओमबिक्रम विष्टलाई क्षेत्री समाज यूकेको सहयोग


१ कार्तिक २०७४, बुधबार
OM Bikram Bista Help

काठमाडौं : दुबै मृगौला फेल भएर मृत्युसँग लडिरहेका वरिष्ठ गायक ओमबिक्रम विष्टलाई क्षेत्री समाज यूकेले आर्थिक सहयोग गरेको छ । गायक विष्टको उपचारको लागि समाजले १ लाख ३५ हजार आर्थिक सहयोग गरेको हो ।

Bist Om Bikram

बुधबार काठमाडौंमा एक कार्यक्रम गरी समाजका अध्यक्ष धनबहादुर कुँबरले विष्टका आफन्तालाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । नेपाली संगीतलाई अलग धारमा मोड्ने लोकप्रिय पप गायक विष्ट अमेरिकामा मृगौला फेल भएर थला परेका छन् । न्युयोर्कको अस्पतालमा डायलोसिसमा रहेका बिष्टको मृगौला प्रत्यारोपणका आर्थिक अभियान जारी छ । आर्थिक समस्याको कारण उपचार र प्रत्यारोपणमा समस्या भएपछि उनको सुभेच्छुकहरुले सहयोग अभियान सुरु गरेको हो ।

समाजका अध्यक्ष कुँबरले नेपाली संगितको एउटा युग बिष्टलाई बचाउन सबैको दायित्व भएको बताए । उनले सबैलाई सहयोग गर्न अनुरोध गर्दे बेलायतबाट आफूहरुले सानो प्रयास गरेको बताए । हस्तान्तरण कार्यक्रममा प्रवासी मञ्च यूकेका निवर्तमान अध्यक्ष तथा समाजका सल्लाहकार रामशरण सिम्खडाले नेपाली संगितको धरोहर विष्टलाई बचाउन सबै लाग्नुपर्ने बताए । राष्ट्रको गहनाको विष्टलाई सहयोग गर्नु भनेको नेपाली कला र संगीतको सम्मान भएको उनको भनाई छ ।

Bist Om Bikram

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७