पुटिनको उदघोष : युक्रेनको ऊर्जा पूर्वाधारमा थप प्रहार गर्छौ


२३ मंसिर २०७९, शुक्रबार
Vladimir Putin 1

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने उद्घोष गरेका छन् । यद्यपि रुसको यो कदमको भने विश्वव्यापीरूपमा आलोचना भइरहेको छ ।

जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली र पानीविहीन बनेका छन् । ‘छिमेकी देशको ऊर्जा पूर्वाधारमा हाम्रो स्ट्राइकको बारेमा धेरै हल्ला छ । हो, हामी गर्छौं । तर कसले शुरु गर्‍यो ?’ पुटिनले क्रेमलिनमा एक पुरस्कार वितरण समारोहमा भने, ‘आलोचनाले हाम्रो लडाइँ अभियानमा हस्तक्षेप गर्दैन ।’ एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७