क्वार्टर फाइनलमा आज ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्डस् खेल्दै


२३ मंसिर २०७९, शुक्रबार
16259514528162

काठमाडौँ । फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलका खेल आज (शुक्रबार) देखि शुरु हुँदैछन् । क्वार्टर फाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसियाबीच हुँदैछ । उक्त खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे एजुकेसन सिटी मैदानमा हुनेछ ।

ब्राजिलले अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ गोलले हराएको थियो । त्यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हराएको थियो । ब्राजिल पाँच पटकको विश्वकप विजेता टोली हो भने क्रोएसिया सन् २०१८ को उपविजेता हो ।
त्यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड्स आज राति पौने १ बजे लुसाइल मैदानमा खेल्दै छन् । अर्जेन्टिनाले अन्तिम १६ मा अष्ट्रेलियालाई २–१ गोलले हराएको थियो । नेदरल्याण्ड्स अमेरिकालाई ३–१ गोलले हराएर क्वार्टर फाइनलमा पुगेको हो ।

अर्जेन्टिना सन् १९७८ को फाइनलमा नेदरल्याण्ड्सलाई हराएर पहिलो पटक च्याम्पियन बनेको थियो । कतारमा चलिरहेको विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इङल्याण्ड, नेदरल्याण्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् । क्वार्टर फाइनलमा भोलि (शनिबार) मोरक्को र पोर्चुगल तथा अन्तिम खेलमा फ्रान्स र इङल्याण्डबीच खेल हुनेछ ।

विश्वकपमा सबैभन्दा सफल टोली ब्राजिल हो । ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जित्दा इटली र जर्मनीले चार÷चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई÷दुई पटक तथा इङ्ल्याण्ड र स्पेनले एक÷एक पटक उपाधि जितेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७