राइनास नगरपालिकाले नयाँ सडक ट्रयाक नखोल्ने


२३ मंसिर २०७९, शुक्रबार
dojar
फाइल फोटो

लमजुङ । लमजुङको राइनास नगरपालिकाले चालु आर्थिक वर्षदेखि नयाँ सडक ट्रयाक नखोल्ने जनाएको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि सडक योजना अन्तर्गत बजेट विनियोजन गरे पनि नयाँ सडक ट्रयाक खोल्ने कार्यक्रम नरहेको जनाएको हो ।

नगरपालिका अन्तर्गतका प्रायः गाउँ बस्तीमा सडक ट्रयाक पुगिसकेको भन्दै नयाँ ट्रयाक खोल्ने कार्यक्रम नरहेको नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले बताए ।

यसअघि खोलिएका सडक जीर्ण अवस्थामा रहेकोले ती सडकमा बाह्रै महिना यातायात सुचारु हुनेगरी स्तरोन्नति गर्ने नगर प्रमुख गुरुङको भनाइ छ ।

जीर्ण सडक मर्मतमा वर्षेनि लाखौं खर्च गरे पनि प्रत्येक वर्षाको समयमा पुनः सडक भत्किने हुँदा त्यस्ता सडकलाई व्यवस्थित गर्ने तर नयाँ सडक खोल्ने विषयलाई प्राथमिकतामा नराखिएको गुरुङले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७