जबरालाई रोक्न सर्वोच्चमा आज पनि बारको धर्ना


२३ मंसिर २०७९, शुक्रबार
Sarbochha 6

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको सङ्घीय संसद सचिवालयले पत्र दिएपछि नेपाल बार एशोसिएसनले आन्दोलित भएको छ । जबरा हाजिर हुन सर्वोच्च अदालतमा आउन सक्ने भएपछि अदालतको गेटमा आज पनि धर्नामा बस्ने नेपाल बार एशोसिएसनले तयारी गरेको छ ।

संसद् सचिवालयका महासचिव भरतराज गौतमले बुधबार जबरालाई महाभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र थमाइदिएका थिए । बिहीबार सार्वजनिक बिदा भएपछि आज सर्वोच्च खुल्दै छ । जबरा आउन सक्ने भन्दै कानून व्यवसायी धर्नामा बस्ने तयारीमा छन् ।

गत १ फागुनमा दर्ता भएको जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको सङ्घीय संसद सचिवालयले बुधबार जबरासहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र पठाएको छ । यता पत्र पाएका जबरा १० महिनापछि सर्वोच्च आउने तयारी गर्दै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७