जबराको निलम्बन फुकुवाविरुद्धको रिटमा आज सुनुवाइ हुँदै


२३ मंसिर २०७९, शुक्रबार
sarbochha

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग फुकुवाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज (शुक्रबार) हुँदैछ । जबराका साथै संघीय संसद् सचिवालय र संसद्का महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुन लागेको हो ।

क्षेत्राधिकार मिच्दै जबराको महाअभियोग निष्क्रिय बनाएकाले गौतमको पत्र कार्यान्वयन नगर्न–नगराउन भन्दै रिटमा अन्तरिम आदेश माग गरिएको छ । रिटमा महासचिव गौतमले ‘प्रतिनिधिसभाको क्षेत्राधिकारमा अनुचित बन्देज तथा हस्तक्षेप’ गरेकाले यो कार्य गैरकानुनी रहेको दाबी गरिएको छ ।

जबराले आफूउपरको महाभियोग प्रस्ताव निष्प्रभावी भएकाले नियमित कार्य सम्पादन गर्न पाउने दाबीसहित सम्बन्धित निकायहरूमा यसको जानकारी गराउन गएको मंगलवार संसद् सचिवालयमा निवेदन दिएका थिए । त्यसपछि संघीय संसद् सचिवालय गौतमले जबराकै दाबीअनुसार महाअभियोग निष्प्रभावी भएको भन्दै ती निकायलाई पत्राचार गरेका थिए ।

गौतमको पत्रपछि बुधवारै जबराले सर्वोच्च प्रवेशको तयारी गरे पनि कानुन व्यवसायीले सर्वोच्च परिसरमा विरोध प्रदर्शन गरेका थिए । बार एशोसिएसनले आज पनि विरोधका कार्यक्रम गर्दैछ । जबरा सर्वोच्च आउन सक्ने भन्दै बारले आज पनि रोक्नका लागि धर्नाको तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७