समानुपातिक सांसद टुङ्गो लगाउन राप्रपाले बोलायो बैठक


२३ मंसिर २०७९, शुक्रबार
70 Shares
Rajendra Lingden photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक सांसद छनोट गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रापले समानुपातिकतर्फ पनि सातै सिट ल्याएको छ । यस्तै विभिन्न प्रदेशमा गरी राप्रपाले समानुपातिकतर्फ १७ सिट हात पारेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तिनै सांसद छान्न राप्रपाले भोलि मंसिर २४ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको हो । बैठक शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा निर्वाचनको समीक्षा पनि गरिने उनले बताए ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७