लमजुङका निर्वाचित जनप्रतिनिधि मतदातालाई धन्यवाद दिन गाउँ–गाउँमा


२३ मंसिर २०७९, शुक्रबार
ps gurung VpfpCOskhB

लमजुङ । हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरू मतदातालार्ई धन्यवाद व्यक्त गर्न गाउँगाउँ पुगेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका पृथ्वीसुब्बा गुरुङ, प्रदेश सभा (क) मा निर्वाचित टकराज गुरुङ, (ख) मा निर्वाचित भेषबहादुर पौडेल गाउँ गाउँमा पुगेका हुन् ।

निर्वाचनअघि मत माग्न गाउँ पुगेका उनीहरु निर्वाचित भएपछि पनि धन्यवाद दिन गाउँगाउँ पुगेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ आफ्नो जन्मथलो क्व्होँलासोंथर गाउँपालिका–९, गिलुङ टक्सार, पालिकाका अन्य गाउँ, मध्यनेपाल नगरपालिकाका केही गाउँ, सुन्दरबजारको दुराडाँडा, राइनास नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाका केही ठाउँमा पुगेका छन् ।

प्रदेश सभा (क) मा निर्वाचित डा.टकराज गुरुङ र प्रदेश सभा (ख) मा निर्वाचित भेषबहादुर पौडेलले अधिकांश ठाउँमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७